ईङल्यान्ड वेस्टईन्डिज टेस्ट : वर्षा र खराब प्रकाशको कारण लन्च सम्म टस भएन

डिसी नेपाल
२४ असार २०७७ १७:५८

काठमाडौं । इङल्यान्ड र वेस्टइन्डिजको बिच ३ टेस्ट श्रृंखलाको पहिलो खेलमा वर्षा र खराब प्रकाशको कारण लन्च सम्म टस हुन सकेन। अहिले खेलाडीहरू लन्चको लागि गएका छन्। अब बेलुका ५.३० बजे ​​तिर पिचको निरीक्षण गरिने र खेल सुरु हुने वा नहुने भनेर निर्णय लिईनेछ ।

यो खेल संगै कोरोनाभाइरसका कारण स्थगित भएको अन्तर्राष्ट्रिय क्रिकेट ११६ दिन पछि सुरुवात हुँदैछ। उही समयमा १४३ बर्षको क्रिकेट इतिहासमा पहिलो पटक कुनै पनि टेस्ट दर्शकविना खेलिने छ। खेल इङल्यान्डको साउथह्यामटन स्थित एजियास बाउल मैदानमा हुदैछ। इङल्यान्डले अहिलेसम्म यो मैदानमा कुनै पनि खेल हारेको छैन। वेस्टईन्डिजले अहिले सम्म यो मैदानमा कुल तीन खेल खेलेको छ। तीन खेलमध्ये दुई खेलमा वेस्टईन्डिजले भारतलाई पराजित गरेको छ भने एक खेल श्रीलंका संग ड्र खेलेको छ ।

टेस्ट च्याम्पियनशिपमा आफ्नो दावेदारी कायम राख्नको लागी इङल्यान्डले यो खेल जित्नुपर्ने देखिनछ। हालको अंक तालिकामा ईङल्यान्डले ९ खेल खेल्दै १४६ अंकको साथ चौथो स्थानमा रहेको छ।

च्याम्पियनशिको नियम अनुसार प्रत्येक श्रृंखलाका लागि १२० अंक निर्धारित गरिएको छ। श्रृंखलाको खेल अनुसार विजेता टिमले अंक प्राप्त गर्दछन। उदाहरणका लागि इङल्यान्ड र वेस्टइन्डिज बीचको तीन टेस्ट श्रृंखलामा खेल जित्ने टोलीले ४० अंक प्राप्त गर्नेछ । यदि इङल्यान्ड टिमले श्रृंखलामा क्लीन स्वीप गर्यो भने २२६ अंकको साथ तालिकामा तेस्रो स्थानमा उक्लिने छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *