ईङल्यान्ड वेस्टईन्डिज टेस्ट : वर्षाको कारण फेरि खेल रोकियो

डिसी नेपाल
२४ असार २०७७ १९:३३

काठमाडौं । इङल्यान्डको साउथह्यामटन स्थित एजियास बाउलमा जारी इङल्यान्ड र वेस्टइन्डिजको बिच ३ टेस्ट श्रृंखलाको पहिलो खेल वर्षाको कारण पुनः रोकिएको छ । आफ्नो करियरमै इङल्यान्डको टेस्ट कप्तानको रूपमा पहिलो खेलमा टस जितेका बेन स्टोक्सले ब्याटिङ गर्ने निर्णय गरे । इङल्यान्डका लागि टेस्ट क्रिकेटको ८१ औं कप्तान बनेका स्टोक्स निर्णयलाई ओपनर डम सिबलेले निराशामा बदलिए । डम शैनन गेब्रियलको खतरनाख ईनस्विङमा क्लिन बोल्ड हुन पुगे । ४ बल खेलेका डमले आफ्नो मात्र नभएर टिमको लागी पनि खाता खोल्न सकेनन ।

इङल्यान्डका लागि लगातार ५१ टेस्ट खेलेका स्टुअर्ट ब्रॉड आजको प्लेईङ ११ मा असफल रहे । उनको ठाउमा मार्क वुडलाई आजको खेलमा स्थान दिईएको छ । पहिलो टेस्ट खेलको पहिलो दिन लन्च सम्म खेल सुरुहुन नसक्दा २० ओभरको खेल घटाईएको छ ।

पहिलो पटक कोरोना माहामारीको बीच भएको खेलमा वर्षाले प्रभावित पारिरहेको छ । खेल रोकिदा सम्म ईङल्यान्डले १ विकेट गुमाउदै ३ ओभरमा एक रन मात्र बनाउन सक्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *