आज झन् आकाशियो सुन-चाँदीको भाउ, तोलाको कति पुग्यो ?

डिसी नेपाल
२५ असार २०७७ १२:०६

काठमाडौँ । आज असार २५ गते (बिहीबार) सुनको भाउ ह्वात्तै बढेको छ । बुधबार तोलामा ६ सय रुपैयाँ बढेको सुन आज तोलामा ९ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ४ सय तथा तेजावी सुन ९१ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन ९१ हजार ५ सय तथा तेजावी सुन ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउ सँगै चाँदीको भाउ पनि बढेको छ । बुधबार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँ बढेर प्रतितोला ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *