दक्षिण भारतीय अभिनेता सुशीलले ३० वर्षको उमेरमा आत्महत्या गरे

डिसी नेपाल
२५ असार २०७७ १२:५७

काठमाडौं। दक्षिण भारतीय अभिनेता सुशील गौडाले आत्महत्या गरेका छन् । ३० वर्षका सुशीलले कर्नाटकको मांड्यास्थित आफ्नो घरमा आत्महत्या गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । सुशीलले किन आत्महत्या गरे भन्ने खुलासा हुन नसकेको बताइएको छ । सुशीलले टिभि सिरिज अंथापुरमा शीर्ष भूमिका गरिरहेका थिए । यसबाहेक उनको फिल्म पनि रिलिज हुने तयारीमा थियो ।

सुशीलको पहिलो फिल्म सालगा रिलिजको तयारीमा थियो । फिल्ममा उनी पुलिस अधिकारीको भूमिकामा देखिँदै थिए । यो फिल्मबाट अभिनेता दुनिया विजयले निर्देशनमा डेब्यू गर्दैछन् । सुशीलको आत्महत्यापछि टिभी सिरिज अन्थापुरका निर्देशक अरविन्द कौशिक र फिल्म सालगाका निर्देशक दुनिवा विजयले सामाजिक संजालमा पोस्ट गर्दै श्रद्धाञ्जली दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *