बेलायतमा २३ वर्षकी नेपाली महिलालाई आफ्नै छोरीको हत्या अभियोग, अदालत उपस्थित गराइयो

डिसी नेपाल
२५ असार २०७७ १३:५७

काठमाडौं। बेलायतमा २३ वर्षकी एक नेपाली महिलालाई आफ्नै नाबालक छोरीको हत्या अभियोगमा अदालतमा उपस्थित गराइएको छ । बबिता राई नामकी ती महिलामाथि आफ्नी भर्खर जन्मिएकी छोरीको हत्या गरेर पार्कमा फालेको आरोप छ । द सनका अनुसार उनीमाथि छोरीको टाउकोमा प्रहार गरी गम्भीर चोट पुर्याएर ह्याम्पशायरको एल्डरसटस्थित मनोर पार्कमा छाडेको आरोप लागेको छ ।

घटना तीन वर्षअघि भएको थियो । बीबीसीका अनुसार १९ मे २०१७ मा बालिकाको शव पार्कमा फेला परेको थियो । पुलिसका अनुसार मृत बालिकाको जन्मेको बढीमा ६ घण्टाभित्र हत्या गरिएको थियो र शव ४ दिन पहिले पार्कमा फालिएको थियो । बबिता ६ महिनाको गर्भसहित नेपालबाट बेलायत गएकी थिइन् । उनले बालिकालाई सालनालसहितै पार्कमा छाडेकी थिइन् । मे महिनामा भेटिएको र मनोर पार्कमा फेला परेको हुँदा पुलिसले बालिकालाई बेबी एम नाम दिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *