ग्लोवल आइएमइ बैंकका सिइओ क्षेत्रीद्धारा राजीनामा

डिसी नेपाल
२५ असार २०७७ १६:३३

काठमाडौं। ग्लोबल आइएमइ बैंकको प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले राजीनामा दिएका छन्। उनले साउन १ गतेबाट लागू हुनेगरी दिएको राजिनामालाई बिहीबार बसेको बैंक सञ्चालक समितिले स्विकृत गरेको छ।

जनता बैंक र ग्लोबल आइएमई गाभिएपछि क्षेत्री गत मंसिर २० गतेदेखि ग्लोबल आइएमइ बैंकको प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । त्यसअघि जनता बैंकका प्रमुख कार्यकारी अधिकृत थिए।

उनले सामाजिक संजाल फेसबुकमा स्वास्थ्यको कारण देखाउँदै बैंक छाडेको उल्लेख गरेका छन् । तर संचालकसँग स्वार्थ नमिलेपछि मर्जरको छोटो अवधिमा नै बैंक छोड्नुपरेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *