२४ घण्टामा १०८ थपिए, १३९ निको भए

डिसी नेपाल
२५ असार २०७७ १६:४६

काठमाडौं । थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश १ मा २ जना, प्रदेश २ मा ९ जना, बागमति प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १८ जना, प्रदेश ५ मा ९ जना कर्णाली प्रदेशमा २३ जना र सुदूरपश्चिम प्रदेशमा ३५ जना गरी जम्मा १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा ४ हजार ५ सय ८८ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरीएको थियो।

हालसम्म २४ हजार ४ सय २५ जना क्वारेन्टिनमा रहेका छन् भने, ८ हजार ६ सय ५ जनाको देशका विभिन्न अस्पतालहरुको आइसोलेसनमा उपचार भइरहेको छ।

यस्तै, गत २४ घण्टामा १३९ जना डिस्चार्ज भएको प्रवक्ता डा गौतमले जनाएका छन्। उनका अनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या ७ हजार ८ सय ९१ जना कोरोना डिस्चार्ज भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *