एसिया कप स्थगित, अर्को वर्ष श्रीलंकामा हुने

डिसी नेपाल
२५ असार २०७७ २०:३४

काठमाडौं । पाकिस्तानमा हुने भनिएको एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता एक वर्ष पछि सरेको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले बिहीबार एसिया कप क्रिकेट एक वर्ष स्थगित गरिएको जनाएको छ ।

कोरोना भाईरसको कारण प्रतियोगिता स्थगित गरिएको एसीसीले जनाएको छ । एसीसीले एसिया कप सन् २०२१ को जुनसम्मका लागि स्थगित गरिएको जनाएको छ । आगामी वर्षको एसिया कप श्रीलंकामा हुनेछ।

यस अघि प्रतियोगिता यस वर्षको सेप्टेम्बरमा पाकिस्तानमा हुने तय भएको थियो । प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र एक छनोट भएर आउने टोलीबीच प्रतिस्पर्धा हुने तय छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *