कस्तो प्रहरी महानिरीक्षक हुने ?

डिसी नेपाल
२६ असार २०७७ ९:१९

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई प्रहरीको उच्च पदमा नियुक्त भएकोमा बधाई दिँदै कार्यकाल सफलताको शुभकामना। कसैले पनि प्रहरीको वर्दीमा दाग लगाउने कोसिस गरेमात्र पनि त्यसविरुद्धमा आफू निर्मम रुपमा प्रस्तुत हुने।

आगामी दिनमा प्रहरी संगठनमा संस्थागत निर्णयका आधारमा काम हुने। निस्स्वार्थ र पूर्ण निष्ठाका साथ इमान्दार प्रयासमा आफूलाई उतार्ने वताइरहँदा सहृदयी मित्रका रुपमा थप केही कुरा राख्न चाहें।

कार्ल मार्क्स भन्छन्–प्रतिस्पर्धीवीच समान क्षेत्र छैन, भने प्रतिस्पर्धा मिथक हुन्छ। त्यसकारण वस्तुगतरुपमा प्रतिस्पर्धाको स्तर तोक्न विषयवस्तु समान हुनु जरुरी छ। प्रतिस्पर्धी यहाँ सहयात्री र अवका उनी पछिको दोश्रो मर्यादाक्रममा रहेका हरिबहादुर पाललाई होइन हिजो निषेधको वातावरण सृजना गर्ने प्रवृतिप्रति लक्षित छ।

समय कालखण्डले सहजता र विषयवस्तु फरक होला तर सांगठनिक लक्ष्य भेदी समान थियो र छ। को सफल र को असफल भन्ने कुरा वर्गीय हैन नितान्त ब्याक्तिगत कुरा हो। हिजो र आजका नेतृत्व प्रतिस्पर्धाका पात्र हुनै सक्दैनन्।

जाँदाजाँदै प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले गृह मन्त्रालय आफ्नो भूमिका र अविभावकत्वमा स्पष्ट नरहेको भन्नु, दोष लगाएको मात्र पक्कै होइन। प्रहरी संगठनको प्रगति देख्न नचाहने समूह र शक्तिले व्यक्तिगत हित र लाभका लागि सधै दबाब सहनु पर्ने भन्नुुको अर्थ बुज्नु जरूरी छ।

राजनीतिक क्षेत्र त राजनीतिक स्वार्थ साध्न र आफ्नो अभिष्ट पूरा गर्न प्रहरी संगठनलाई प्रयोग गर्नेवाहेक संगठनप्रति सधै नकारात्मक थियो र छ नै। गृह मन्त्रालयसमेत प्रहरी संगठनप्रति नकारात्मक रहनु मन्त्रालयमा कार्यरत कर्मचारीको स्कुलिङ मन्त्रालयगत रुपमा नहुनु मुख्यकारण हो।

संगठनभित्र र बाहिर आफू अनुकुलको वातावरण खोज्न प्रहरीको विषय वोकेर राजनीतिकर्मीको दैलो चाहर्ने प्रवृत्ति पनि उत्तिकै छ। प्रहरी संगठन प्रमुखलाई बलिको बोको वनाउने खेल भएका उदाहरण कम छैनन्।

चुनौतीको चाङ आदि फेहरिस्त दिनेको लहर कम नहोला। संगठन प्रमुखका रुपमा देश र जनताको सेवामा लाग्ने प्रतिबद्धतालाई दोहोर्याउनु पूर्व २०४९ बैशाख १९ गते प्रहरी निरीक्षकको नियुक्ति पत्र बुझ्दै गर्दाको क्षण सम्झिनु होस्।

विषयवस्तुको फेहरिस्त जति वनाए पनि नेपाल प्रहरीको जिम्मेवारीका क्षेत्र हुन्— कानून कार्यन्वन्यन र सुरक्षा, शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति, अपराधको रोकथाम तथा प्रभावकारी अनुसन्धान। संगठनको विकासक्रम र विश्व परिवेशअनुरुप संघीय तथा प्रदेश संरचनामा औचित्यपूर्ण व्यवस्थापन क्रमशः दायित्व सर्दै आएको विषय हो। यसको मुख्य जिम्मेवारी नेपाल सरकारमा निहित छ।

मन्त्रालयमा प्रतिबद्धता जनाउने क्रममा होस वा प्रधान कार्यलयमा पदभार ग्रहणको समयमा किन नहोस् सधै हरेक नेतृत्वले उठाउने विषय समान छन्। प्राथमिकताक्रम तल माथि भए होलान सारमा फरक छैन। ती हुन मानवीय सुरक्षा संवेदनशीलताको विषयमा प्राथमिकता, संगठनको क्षमता वृद्धि गर्न कर्मचारीको संख्यामा वृद्धि, संसाधन र प्रविधिमा आधुनिकीकरण।

यस्तै गरेर आन्तरिक सुरक्षा व्यावस्थाका लागि रहेका दुई प्रहरी संगठन एक अर्कोप्रति सहयोगी र समन्वयात्मक भूमिका र मन्त्रालयको निर्देशनअनुसार काम गर्ने प्रतिबद्धता। गहन विषयका रूपमा जोड दिने विषय हुन तल्लो तहका कर्मचारीहरूमा रहेको गुनासो , प्रहरी संगठनमा भएको दरबन्दी कटौती र वृत्ति विकासमा परेको असर आदि।

पद र प्रतिष्ठानका लागि राजनीतिकर्मीको दैलो नचाहारेको, सरल र मृदु स्वभावको, संगठनलाई उपयुक्त उमेद्वार जे जे उपमा दिने हो दिई सके। संचार जगत तथा जन बोलीले बाइस महिनाको कार्यकालका लागि सहज नियुक्ति पाएको बोली सक्यो।

चुनौतीको चाङ आदि फेहरिस्त दिनेको लहर कम नहोला। संगठन प्रमुखका रुपमा देश र जनताको सेवामा लाग्ने प्रतिबद्धतालाई दोहोर्याउनु पूर्व २०४९ बैशाख १९ गते प्रहरी निरीक्षकको नियुक्ति पत्र बुझ्दै गर्दाको क्षण सम्झिनु होस्।

हिजो आज सामाजिक सञ्जालमा भक्तपुरको लामो लाइन देखिन्छन। भक्तपुर मात्र होइन। केही दिन गृहमन्त्रीलाई नाघेर के कस्तो प्रस्ताव, फलानो ढिस्कानोको विरोध दन्त बजाई चल्छ नै। नेपाल प्रहरीभित्र कार्यरत र मर्यादाक्रममा रहेकाले नै आफू यहाँ पुगेको हो।

कसैको कृपाङ्कले होइन। २०७९ बैशाख १८ सम्म बाइस महिना होइन दिन गन्ती गर्नेको कमी हुन्न। त्यसैले सबैभन्दा पहिला संगठनभित्र सकारात्मक उर्जा दिने गरी सरल र छोटो रणनीतिक कार्य योजना बनाउँ।

सबैभन्दा पहिला म यो गर्नेछु होइन। संगठन परिवर्तनका लागि अग्रजले निरन्तरता दिएका अनिवार्य र परिवर्तनकारी योजना अगाडि बढाउन जोड दिनु राम्रो हुन्छ। निवर्तमान संगठन प्रमुखलाई आफूले दिएका सल्लाह र सुझावअनुसार गर्न बांकी कामको जिम्मेवारी हस्तान्तरण गरांै। तत्काल सुधारको प्रयास थालनी गर्नु पर्ने सम्बन्धमा मातहत कार्यलय र कर्मचारीहरूको राय बुझौं।

संगठनको मेरुदण्डको रुपमा रहेका तल्लो तहका कर्मचारीहरुको सुविधालाई प्राथमिकतामा राखौं। राजनीतिक स्वार्थ साध्न र आफ्नो अभिष्ट पूरा गर्न लागिपरेकाको नजरमा अपवाद र नकारात्मक हुने प्रतिबद्धता अरु होइन आफैसँग गरौं। नेतृत्व कमजोर हुनु भनेकै आफू मातहतका कर्मचारीलाई राजनीतिक ब्याक्तिको ढोका चाहार्न लगाउनु हो।

अपवाद र नकारात्मक झट्ट सुन्दा नमिठो लाग्न सक्छ। यसको सादगी अर्थ लगायाैं भने फरक होला। सत्त्वगुण प्रधान र रक्षात्मक पनि हुन्छ। उदाहरणका लागि टाढा जानै पर्दैन, कोरोना संक्रमितको भिडमा हामी आफू सवैभन्दा फरक अर्थात अपवाद चाहान्छौं।

संक्रमणको नकारात्मक नतिजाका लागि अनगिन्ति प्रार्थना गर्दछौं। कागतीको विरुवा रोपेर स्याउको अपेक्षा गर्नु नकारात्मक होला तर खट्टो हुनु कागतीको नकारात्मक गुण होइन। अमिलो वा खट्टो हुनु कागतीको गुण हो दोष त स्वार्थी जिब्रोको हो जो सधै गुलियोमात्र चाहन्छ।

अमेरिकन राइटर एडविन लुइस कोलले भनेका छन् ‘मेन डन्ट ड्राउन बाई फलिंग इन द वाटर, दे ड्राउन बाई स्टेइङ देयर’ अर्थात चुनौती सामना नगर्नु वा पासो निम्त्याउनु हो। एडविन लुइस कोलको भनाइ बुझ्न धेरै वर्षअघिको जैन समुदायमा प्रचलित ‘गरमागरम जामुन’ नीति कथा ठ्याक्कै मिल्दो छ। हामी आज भैरहेको पद र सुविधाका लागि होइन। भोलिको स्वार्थका लागि लालायित भएकाले नै नैतिकता बिर्सन्छौं। झर्ला र खाउलाकै लोभ छ।

सायद यही लोभ त्यागेरै होला निवर्तमान प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले रजगजको कुरा उठाए। भित्री आसय खोतल्ने हो भने वर्तमान तथा नवनियुक्त प्रहरी महानिरीक्षकलाई यो ठूलो मार्ग निर्देशन हुनसक्छ। गरमागरम जामुन कथासार यस्तो छ-एउटा भोको भिखारी जंगलको बाटो हुँदै कतै जादै हुन्छ।

बस्तुभाउ चरनका लागि गएको गोठालो जामुनको बोटमा रहेको देखी भोक प्यास मेटाउन जामुन टिपिदिन अनुरोध गर्दछ । रूखवाटै गोठालाले भिखारीलाई तातोतातो जामुन खाने कि चिसो जामुन खाने व्यङ्गात्मक प्रश्न गर्छ। नयाँ स्वाद होला भनी भिखारी तातोतातो जामुन खाने इच्छा जनाउँदछ। गोठालाले जामुन चुडाल्दै भूइमा खसाल्छ, भिखारी पनि जामुनमा लागेको धुलो सिलिमिली गर्दै, फु फु फुक्दै खान्छ।

अलि पेट आइसकेपछि भिखारीले गोठालाले भनेको तातोतातो जामुन सम्झी प्रश्न गर्दछ खै त तातोतातो जामुन। गोठालाले हास्दै जवाफ दिन्छ तात्तातो नभए किन फुकी फुकी खाएको हो त ? भिखारी अवाक् रहन्छ।

तात्तातो जामुनका लागि लालायित हुनुकै परणति त होला हामी एक अर्कोमा दोषारोपणमा व्यस्त रहन्छौं, भ्यागुतो प्रवृत्तिमा प्रयोगशालामा चिरफार हुन्छौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *