विवादित ज्योतिषी अर्जुन क्षेत्री पक्राउ, अख्तियारको सहसचिव भन्दै ठूलो रकम ठगीको आरोप

डिसी नेपाल
२६ असार २०७७ १०:३९

काठमाडौं। विवादित ज्योतिषी अर्जुन क्षेत्री पक्राउ परेका छन् । आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव बताउँदै ठूलो रकम बार्गेनिङ गरेको आरोपमा उनलाई अख्तियारले पक्राउ गरेको स्रोतले जनाएको छ ।

गोप्य सूचनाका आधारमा उनलाई अख्तियार र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ परेको बताइएको छ । आयोगका प्रवक्ता प्रदीप कोइरालाले भने क्षेत्री पक्राउ परेको पुष्टि गर्न सकेनन् । यद्यपि उनले यो कुरा अस्वीकार पनि गरेनन् । ‘मैले यसबारे थाहा पाएको छु तर पुष्टि गर्न सक्दिन’ उनले डिसीनेपालसँग भने ‘म बाहिर छु, अफिस गएपछि मात्रै यसबारे आधिकारिक जवाफ दिन सक्छु ।’

एक जग्गा खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको भन्दै उनले चार करोड माग गरेको बताइएको छ । तर, चार करोडबाट बार्गेनिङ हुँदै लेनदेन ५० लाखमा झरेको थियो । ५० लाखमा भने लेनदेनको सहमति भइसकेको बताइएको छ । आफूलाई ज्योतिषी दावी गर्ने कार्की पक्राउ परेको यो पहिलो पटक भने होइन । यसअघि पनि उनी आफ्नो ‘ज्योतिष ज्ञान’ले जानकारी पाएको भन्दै ठूलो भूकम्प जाने हल्ला फैलाएको आरोपमा पक्राउ परिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *