एस्टोन भिल्लालाई पराजित गर्दा म्यान्चेस्टरको च्याम्पियन्स लिगमा सम्भावना कायमै

डिसी नेपाल
२६ असार २०७७ १२:०८

काठमाडौं । बु्रनो फर्नाडिसको विवादास्पद गोलसंगै सुरुवाती अग्रता लिएको म्यान्चेस्टर युनाईटेडले ईङलिश प्रिमियर लिगमा एस्टोन भिल्लालाई ३–० ले पराजित गरेको छ । एस्टोन भिल्लासंगको जितसंगै आफ्नो विजयी यात्रा जारी गरेको म्यान्चेस्टरले च्याम्पियन्स लिगमा पनि आफ्नो संभावना कायमै राखेको छ । म्यान्चेस्टरको जारी लिगमा लगातार चौंथो जित हो । खेलको २७ औं मिनेटमा विवादास्पद परिस्थितीमा अग्रता बनाउने क्रममा म्यान्चेस्टरका फर्नाडिसले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै टिमलाई १–० अग्रता दिलाए ।

पेनाल्टीलाई गोलमा रूपान्तरण गर्न फर्नाडिसले गल्ती गरेन र त्यसपछि खेलको ५८ औं मिनेटमा टोलीका लागि तेस्रो गोल पल पोग्बाले गरे। यसैबीच १८ बर्षे मेसन ग्रीनवुडले पहिलो हाफको ईन्जुरी समयमा दोस्रो गोल गरे।

युनाइटेड अहिले पनि अंकतालिकाको पाँचौं स्थानमा रहेदै चौथो स्थानमा रहेको लिसेस्टर सिटी भन्दा एक अंक मात्र पछि छ। युनाइटेडले चार खेल खेल्न बाँकी छ। यदि दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको युरोपियन लिगमा खेल्नमा दुई बर्षे प्रतिबन्ध हटेन भने, पाँचौं स्थानमा रहेको टिमलाई च्याम्पियन्स लिगमा पर्ने संम्भावान उच्च रहन्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *