राजेन्द्र र समीक्षाको तीज गीत सार्वजनिक [भिडियाे]
काठमाडौं। गायक राजेन्द्र कंडेल र गायिका समीक्षा अधिकारीको आवाजमा ‘टिकटक काण्ड’ बोलको कमेडी तीज गीत सार्वजनिक गरिएको छ।
गायक राजेन्द्र र जिवन प्याकुरेलको शब्द रहेको गीतमा राजेन्द्रकै संगीत छ। बिनोद बाजुरालीले गीतको एरेञ्ज गरेका छन्। सार्वजनिक गीतको भिडियोमा पवन खतिवडा (म्याकुरी) र रुपा कंडेलको अभिनय छ। दुर्गा पौडेलको छायाँकन तथा निर्देशनमा तयार भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन्।
गीत सामाजिक सञ्जाल टिकटक र मदिराको विषयमा केन्द्रित रहेर तयार गरिएको छ। टिकटकले मानिसलाई कसरी भुलाईरहेको छ? परिवारमा कस्तो असर गरिरहेको छ? गीतमा ब्यक्त गर्ने प्रयास गरिएको छ।
समसामयिक विषयमा बनेको गीतलाई स्रोता तथा दर्शकले पनि रुचाएका छन्। गीत सुपारी म्युजिकको युट्युब च्यानलमा हेर्न सकिन्छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment