यातायात व्यवसायी महासंघले सार्वजनिक यातायात नचलाउने

डिसी नेपाल
२६ असार २०७७ १८:०६

काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक यातायात नचलाउने निर्णय गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको शुक्रबार बसेको बैठकले सार्वजनिक यातायात नचलाउने निर्णय गरेको हो।

सरकारले यातायात व्यवसायीका माग सम्बोधन गर्न आनाकानी गरेकोले महासंघले बाध्य भएर यातायात नचलाउने निर्णय गरेको महासचिव सरोज सिटौलाले जानकारी दिए। सिटौलाले डिसी नेपालसँग कुरा गर्दै लामो समय यातायातका साधनहरु थन्काएर राखेकाले पुनः संचालनमा ल्याउन खर्च लाग्ने भएकाले, ऋण, व्याज आदीमा सरकारले सहुलियत नदिएसम्म यातायात नचलाउने निर्णय भएको बताए।

सरकारले ऋण किस्ताको पनर्तालिकिकण गर्नु पर्ने, ब्याजदरमा सहुलियत दिनु पर्ने, पुनःकर्जा लगाएका माग सम्बोधन गर्नुपर्ने सिटौलाले जानकारी दिए।

सार्वजनिक यातायातका चालक र सहचालकलाई कोरोना महामारीको बेला बीमाको ग्यारेण्टी गर्नु पर्ने पनि माग गरिएको उनले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *