रमेश कडरीया र अनिता घिमिरेको ‘आफ्नो जमिन’ सार्वजनिक

डिसी नेपाल
२६ असार २०७७ १९:०२

काठमाडौं। गायक रमेश कडरीया र गायिका अनिता घिमिलेरे देश भक्ति गित ‘आफ्नो जमिन’ सार्वजनिक गरेका छन्। कडरीया इन्टरटेन्मेन्ट यूट्युव च्यानलबाट असार २४ गते उक्त गित सार्वजनिक गरिएको हो।

रमेश र अनिताको आवाज रहेको उक्त गितको शब्द शिव पलाँसले लेखेका हुन्। संगित संयोजन नरेन्द्र वियोगीले गरेका छन्। पिक स्टुडियो थापागाउँमा रेकर्ड भएको गितमा बालकलाकार युनिका कडरीया, युनिक कडरीया, लिदिया तामाङ र आलिया तामाङले अभिनय गरेका छन्।

उक्त गितको भिडियो सूर्य लामाले सम्पादन गरेका छन भने, निर्देशन भवन श्यान्बो तामाङले गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *