रमेश कडरीया र अनिता घिमिरेको ‘आफ्नो जमिन’ सार्वजनिक
काठमाडौं। गायक रमेश कडरीया र गायिका अनिता घिमिलेरे देश भक्ति गित ‘आफ्नो जमिन’ सार्वजनिक गरेका छन्। कडरीया इन्टरटेन्मेन्ट यूट्युव च्यानलबाट असार २४ गते उक्त गित सार्वजनिक गरिएको हो।
रमेश र अनिताको आवाज रहेको उक्त गितको शब्द शिव पलाँसले लेखेका हुन्। संगित संयोजन नरेन्द्र वियोगीले गरेका छन्। पिक स्टुडियो थापागाउँमा रेकर्ड भएको गितमा बालकलाकार युनिका कडरीया, युनिक कडरीया, लिदिया तामाङ र आलिया तामाङले अभिनय गरेका छन्।
उक्त गितको भिडियो सूर्य लामाले सम्पादन गरेका छन भने, निर्देशन भवन श्यान्बो तामाङले गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment