प्रधानमन्त्रीबारे बनाएको आपत्तिजनक रिपोर्टको विषयमा जी न्यूजले माग्यो माफी

डिसी नेपाल
२६ असार २०७७ २१:१८

काठमाडौं । भारतीय नूज च्यानल जी न्यूजले माफी मागेको छ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबारे बनाएको आपत्तिजनक रिपोर्टलाई लिएर जी न्यूजले क्षमायाचना गरेको हो ।

जीन्यूज झारखण्डले क्षमायाचना गर्दै भनेको छ, ‘एउटा जिम्मेवार च्यानल भएको नाताले हामी आफ्नो सामग्रीलाई लिएर सदैव सजग रहन्छौं । तर भुलवस केही सामग्रीले कसैको भावनामा ठेस पुगेमा हामी गल्ति स्वीकार पनि गर्छौं । हाम्रो च्यानलबाट ‘ओलीका इश्किया’ शिर्षकमा प्रशारित सामग्रीले नेपालका जनताको भावनामा चोट पुगेकोमा हामी दुख व्यक्त गर्न चाहन्छौंं । हामीलाई नेपाली दर्शकको माया प्राप्त भइरहने विश्वास छ ।’

नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएलगत्तै जीन्यूजको क्षमायाचना आएको हो । शुक्रबा नै जी न्यूजका सम्पादक सुधीर चाैधरीले पनि माफी मागेका थिए। 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *