नेपालको बारेमा आपत्तिजनक टिप्पणी गरेका भारतीय जी न्यूजका सम्पादक चौधरीले मागे माफी

डिसी नेपाल
२६ असार २०७७ १६:४८

काठमाडौं । नेपालको बारेमा आपत्तिजनक टिप्पणी गरेका भारतीय जी न्यूजका सम्पादक सुधिर चौधरीले माफी मागेका छन्। उनले बिहिबार साँझ ट्वीट् गर्दै नेपालको बारेमा अपमानजनक टिप्पणी गरेका थिए। सोही ट्वीटका कारण चौतर्फी आलोचना भएपछि उनले शुक्रबार माफि मागेका हुन् ।

नेपालमा भारतीय निजी न्यूज च्यानलको प्रशारण बन्द भएपछि उनले नेपालको बारेमा आपत्तिजनक अभिव्यक्ति दिएका थिए। उनले बिहिबार ट्वीट गर्दै नेपालविरुद्ध भारत सरकारले सेना प्रयोग गर्नै नपरेको र भारतीय मिडिया तथा टीभी एंकरसँग नै नेपाल डराएको आशय व्यक्त गरेका थिए । उनकाे उक्त ट्वीटले नेपालमात्र नभई भारतमा समेत तीव्र आलोचना भएपछि डिलिट गर्दै माफी मागेका छन् ।

उनले शुक्रबार ट्वीटमार्फत भनेका छन्, ‘मेरो ट्वीटका कारण नेपालस्थित हाम्रा दर्शकलाई चोट पुग्यो । भारतमा पनि धेरैले मलाई भन्नुभयो कि– यो ठीक भएन । शायद हुनसक्छ, मैले आवेशमा आएर अनावश्यक प्रतिक्रिया दिएँ । यो अभिव्यक्तिको मञ्च हो, न कि कसैलाई चोट पुर्‍याउने । त्यसकारण खेद प्रकट गर्दै उक्त ट्वीटलाई हटाउँदै छु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *