सिपिएलको मिति तय
काठमाडौं । सिपिएलको आठौं संस्करण ट्रिनिडाड एण्ड टोबागोमा हुने तय भएको छ । सिपिएल र ट्रिनिडाड एण्ड टोबागो सरकार बिच प्रतियोगिता १८ अगस्ट देखी १० सेप्टेम्बर सम्म गर्ने सहमती भएको छ । यो लिगले क्यारेबियाली तथा बिदेशी खेलाडीहरुको स्तर उकास्ने तथा यसपटकको लिगमा रसिद खान, क्रिस लिन, कार्लोस ब्रेथवेट, ड्वेन ब्रावो, एलेक्स हेल्स, किरोन पोलार्ड र सन्दिप लामिछाने जस्ता खेलाडीहरुको प्रदर्शनले लिग अझै उच्च हुने आयोजकले जनाएको छ ।
यसपटकको लिगमा नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेले जमैकाबाट खेल्ने भएका छन्। लामिछानेलाई तलावाजले करिब १ करोड ८ लाख नेपाली रुपैयाँ (९० हजार अमेरिकी डलर) मा अनुबन्ध गरेपछि उनले जमैकाबाट खेल्ने भएका हुन्। सोमबार भएको ड्राफ्टबाट सन्दीपलाई जमैका तलावाजले अनुबन्ध गरेको हो। लामिछानेले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन्। यस अघि सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए।
सन्दीपलाई यस अघि सेन्ट किट्सले ५ हजार अमेरिकी डलर र बार्बाडोसले ७० हजार अमेरिकी डलरमा अनुबन्धन गरेको थियो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment