बाढी–पहिरोः १९ जनाको मृत्यु १८ जना बेपत्ता, ३५० जनालाई स्थानान्तरण गरियो

डिसी नेपाल
२७ असार २०७७ १८:४६
4
Shares

काठमाडौं। देशभर बाढी पहिरोमा परी शनिबार १९ जनाको मृत्यु भएको छ। गृहमन्त्रालयका अनुसार शुक्रबार पहिरो जाँदा म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा बेपत्ता भएका मध्ये १७ जनाको शव शनिबार फेला परेको छ। म्यागदीमा शुक्रबार तीनजनाको मृत्यु भएको थियो। अझै म्याग्दीमा १२ जना वेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयले शनिबार साँझ दिएको जानकारी अनुसार जाजरकोटको बारेकोटे गाउँपालिकामा शनिबार थप २ जनाको शव फेला परेको छ। बारेकोटेमा शुक्रबार ७ जनाको शव फेला परेको थियो। जाजरकोटमा अझै पहिरोमा परेका ५ जना बेपत्ता छन्।

उता लमजुङको दोर्दी गाउँपालिकामा आएको पहिरोमा परी विस्थापित भएका ४९ जनालाई सुक्षित स्थानमा सारिएको छ। यस्तै रौतहटको ईसानाथ नगरपालिकामा बाढीका कारण विस्थापित भएका ३०० जनालाई सुरक्षित स्थानमा सारिएको गृह मन्त्रालयले जनाएको छ।

बाढी पहिरोमा परी शुक्रबार २३ जनाको मृत्यु भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *