अवैध मिर्गौला प्रत्यारोपण गरेको आरोपमा डाक्टरसहित चार जना पक्राउ

डिसी नेपाल
२७ असार २०७७ २१:०७
4
Shares

काठमाडौं। प्रहरीले अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा चितवनको भरतपुर मेडिकल कलेजका चिकित्सकसहित चार जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई भरतपुरबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा बालकृष्ण कालाखेती, राकेश वर्मा लगायत भएको व्यूरोका प्रवक्ता एसपी गोविन्द थपलियाले जानकारी दिएका छन्।

आर्थिक प्रलोभनमा परी गैरकानुनी रुपमा मिर्गौला प्रत्यारोग गरेको प्रहरीको जनाएको छ। नियन्त्रणमा लिइएकालाई प्रहरीले आइतबार सार्वजनिक गर्ने पनि जनाएको छ। ब्यूरोले यसअघि गत असोजमा मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सिइओसहित पाँच जनालाई पक्राउ गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *