सहकारी संस्थाको रु साढे तीन लाख चोरी

डिसी नेपाल
२७ असार २०७७ २१:०८

नवलपरासी । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) को एक सहकारी संस्थाबाट रु तीन लाख ५० हजार नगद चोरी भएको छ । प्रतापपुर गाउँपालिका–५ स्थित महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्यालयबाट गए राति रकम चोरी भएको हो ।

संस्थाको कार्यालयमा रहेको ¥याकको ताल्चा फोडी रु तीन लाख ५० हजार चोरी भएको ५ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए । स्थानीयवासी गोबरी धोबीको एक तले पक्की घरमा भाडामा रहेको उक्त सहकारीको कार्यालयको ढोकामा ताल्चा लगाउने कब्जासहित फोडिएको र ढोका खुल्ला रहेको देखेपछि घरधनी धोबीले संस्थाका व्यवस्थापक तिरणजित सैथवारलाई खबर गरेका थिए । घटनाको विषयमा इलाका प्रहरी कार्यालय बेलाटारीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *