अभिषेक बच्चन पनि कोरोना संक्रमित
नयाँ दिल्ली (एजेन्सी)। बलिउड अभिनेता अभिषेक बच्चन पनि कोरोना संक्रमित भएका छन्। अभिषेकका बाबु अमिताभ बच्चन पनि कोरोना संक्रमित भएपछि शनिबार मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएका छन्।
अमिताभ कोरोना संक्रमित भएपछि उनका परिवारका सदस्यलाई गरिएको परीक्षणमा अभिषेक पनि कोरोना संक्रमित पुष्टि भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। यद्यपी अभिषेकलाई अस्पताल भर्ना गरिएको वा नगरिएको बारे केही खुलाइएको छैन। साथै बच्चन परिवारका अन्य सदस्यहरुको बारेमा पनि केही जानकारी दिइएको छैन।
याे पनि
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment