यूएईको आवासीय भिसा र परिचय पत्रको विषयमा महत्वपूर्ण निर्णय, नेपालीका लागि धैरै उपयोगी

डिसी नेपाल
२८ असार २०७७ १०:१३

काठमाडौं। संयुक्त अरब इमिरेट्सले १२ जुलाइ अर्थात आजदेखि म्याद समाप्त भइसकेका आवासीय भिसा र आइडी कार्डको नकीकरणको लागि आवेदन स्वीकार गर्ने भएको छ । मन्त्रिपरिषदले म्याद समाप्त भइसकेका भिसाको वैधता अगाडि बढाउने, इमिरेट्स आइडी कार्ड र इन्ट्री परमिटका विषयमा अहम निर्णय गरेको छ । यूएईले कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्न गरिएको कडाइ खुकुलो पारेसँगै प्रवेशाज्ञाको नियममा पनि महत्वपूर्ण निर्णय गरेको गल्फ न्युजले जनाएको छ ।

शुक्रबार फेडेरल अथोरिटी फर आइडेन्टिटी एण्ड सिटिजनशिप (आइसीए)ले यो निर्णयले यूएई सामान्य दिनमा फर्किन लागेको देखाउने बताएको छ । आइसीएले भनेको छ ‘कैयौं क्षेत्रमा कारोबार र कामलाई सामान्य दिनको जस्तै ट्रयाकमा ल्याउने कोसिस भइरहेको छ ।’ कोरोना महामारीको सुरुवाती महिनामा लकडाउन र यात्रा प्रतिबन्धका कारण यूएईले आवासीय भिसा, एन्ट्री परमिट र रेसीडेन्सी परमिटको वैधताको म्याद बढाएको थियो ।

आइसीएले शनिबार भिसा, इन्ट्री परमिट र आइडी कार्डको सुविधा फेरि सुरु हुन लागेको बताएको छ । १२ जुलाइदेखि मानिसहरुले यसको लागि शुल्क बुझाएर आवेदन दिन सक्नेछन् । आइसीएको यो निर्णयपछि अब जसको आवासीय भिसा र इमिरेट आइडी कार्ड गएको मार्च र अप्रिल महिनामा म्याद सकिएर अवैध भएको छ उनीहरुले १२ जुलाइदेखि नवीकरणको आवेदन दिन सक्नेछन् ।

यी दस्तावेजहरु मे महिनामा म्याद सकिएर अवैध भएकाहरुले भने ११ अगष्टदेखि आवेदन दिन सक्नेछन् । १ जुलाइदेखि ११ जुलाइको बीचमा यी दस्तावेज म्याद सकिएर अवैध भएकाहरुको हकमा भने उनीहरुले १० सेप्टेम्बरदेखि नवीकरणको लागि आवेदन गर्न सक्नेछन् ।यूएईमा ठूलो संख्यामा नेपाली कामदारहरु छन् र यो निर्णय उनीहरुका लागि निकै लाभदायी हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *