विदेशमा २७ हजार ३ सय ६२ नेपालीले जिते कोरोना

डिसी नेपाल
२८ असार २०७७ ११:२९

काठमाण्डौँ । विदेशमा रहेका २७ हजार ३ सय ६२ जना नेपालीले कोरोना भाइरसलाई जितेर संक्रमणमुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का स्वास्थ्य समिति संयोजक डा। संजीव सापकोटका अनुसार शनिबर साँझसम्म विश्वभर २९ हजार ६ सय २४ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । यी संक्रमितमध्ये २७ हजार ३ सय ६२ जना नेपाली संक्रमण मुक्त भैसकेको उनले बताए । प्रतिशतमा हेर्दा निको हुनेको संख्या करिब ९२ प्रतिशत देखिन्छ ।

कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता कुनै पनि नेपालीको निधन समेत नभएको उनले जानकारी दिए । संयोजक डा। सापकोटाका अनुसार अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अबर लगायतका देशमा रहेका नेपालीहरुमा सो साता कोरोना संक्रमण दर सामान्य रुपमा बृद्धि भएको छ ।

यसअघि गत सातासम्म नेपालबाहेकका अन्य १४ देशमा १ सय ४३ जना नेपालीको कोरोनाका कारणले ज्यान गएको छ । कोरोना संक्रमण जारी रहेको प्रति एनआरएनए स्वास्थ्य समितिले चिन्ता व्यक्त गर्दै स्थानीय सरकारले जारी गरेका स्वास्थ्य सम्बन्धी सूचनाहरुलाई कडाईका साथ पालना गर्न आग्रह गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *