अन्तिम संस्कार गरेर परिवार किरिया बसे, ९ दिनमा ‘मृतक’ जिउँदै आएपछि…

डिसी नेपाल
२८ असार २०७७ ११:५४

गुल्मी। गुल्मीका एक पुरुषको मृत्यु भएको भनी परिवारले अन्तिम संस्कार गरेर किरिया बसे । तर, किसिया बस्न थालेको ९ दिनको दिन मृत्यु भएको भनिएका पुरुष जीवितै भेटिए । शनिबार ती पुरुष पाल्पामा जीवितै भेटिएका हुन् । गुल्मी रुरु गाउँपालिका–५ का श्यामचरण भण्डारी पाल्पाको रैनादेवी गाउँपालिकामा जीवितै भेटिएका हुन् ।

श्यामचरण भण्डारी ९ दिनपछि जीवितै भेटिएको छिमेकी मोती पौडेलले बताए । श्यामचरण भण्डारी दिनअघि रूपन्देहीको मणिग्रामबाट हराएका थिए । उनी हराएपछि घरपरिवार र आफन्तले खोजतलास गरेका थिए । खोजीका क्रममा गुल्मी रुरुकै साघाट भन्ने ठाउँमा १ जना पुरुषको शव भेटिएको थियो ।

त्यो शव श्यामचरणकै भएको स्थानीयले सनाखत गरेपछि शवको परम्परा अनुसार अन्तिम संस्कार गरियो र परिवार किरिया बसे । गुल्मी रुरु गाउँपालिका–५ बोटे गाउँका स्थायी बासिन्दा श्यामचरणको परिवार रूपन्देहीका मणिग्राममा बस्दै आएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *