ऐश्वर्या राय र उनकी छोरीलाई पनि कोरोना संक्रमण पुष्टि

डिसी नेपाल
२८ असार २०७७ १६:१०

काठमाडौं । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्या बच्चनलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले आमाछोरीलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्। यसअघि शनिबार राति अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना पुष्टि भएको थियो।

अमिताभ र उनका छोरा तथा अभिनेता अभिषेक बच्चन दुवैलाई कोरोना संक्रमण भएपछि शनिबार उनीहरू मुम्बईको नानावती अस्पताल भर्ना भएका हुन्। अस्पतालका अनुसार उनीहरूमा कोरोनाका सामान्य लक्षण छ र स्वास्थ्य स्थिर छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *