थप ८२ जनामा कोरोना संक्रमण पुष्टि, १४७ डिस्चार्ज भए

डिसी नेपाल
२८ असार २०७७ १६:३३

काठमाडौं। पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा गरिएको पिसीआर परीक्षणबाट ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँग कोरोना संक्रमित हुनेको संख्या १६ हजार ८ सय १ जना रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १६ जनाको पिसीआर परीक्षण गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नियमित पत्रकार सम्मेलन गर्दै उनले १४७ जना डिस्चाज भएर घर फर्केको जानकारी दिए। उनले भने हालसम्म ८ हजार ५ सय ८९ जना कोरोना संक्रमितहरु निको भएर घर फर्केका छन्। यो नेपालको कोरोना संक्रमितको हकमा ५१.१ प्रतिशत रहेको छ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ। मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेश २ मा ४ जना, बागमति प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश ५मा १० जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *