मलेसियन ओपनमा नेपालका मधुलाई स्वर्ण

डिसी नेपाल
२८ असार २०७७ १६:५५

काठमाडौं । नेपालका मधुसुदन सापकोटाले प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय इस्पोर्ट्स च्यालेन्जमा स्वर्ण पदक जितेका छन् । तेक्वान्दोको पुम्से विधामा भइरहेको प्रतियोगितामा मधुले ४० वर्ष उमेरसमूहमा स्वर्ण जितेको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जनाए ।

प्रतियोगितामा नेपालका प्रगति कुइकेलले १३–१४ वर्ष उमेरसमूहमा तथा आयुश बोहराले १५–१७ उमेर समुहमा रजत जितेका छन । त्यस्तै १०–१२ उमेर समुहमा भिजन तामाङ र यु–९ मा प्रवीण श्रेष्ठले कांस्य हात पारे । पदक विजेता सबै एनटीएका खेलाडी हुन् ।

प्रतियोगितामा एनटीएबाट ८ खेलाडीहरु सहभागी छन् । तीन खेलाडीको प्रतिस्पर्धा हुन बाँकी रहेको छ ।
प्रतियोगितामा १२ राष्ट्रका ३ सय ७५ खेलाडीको सहभागिता रहेको खड्काले जनाएका छन् । जुलाइ ११ देखि सुरु भएको प्रतियोगितामा खड्काले निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली अन्तर्राष्ट्रिय निर्णायक हुन् । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *