पति हत्याको आरोपमा पक्राउ
रुकुमपूर्व । रुकुम (पूर्व)मा पति हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिस्ने गाउँपालिका वडा नम्बर ६ झिङ्ग्रीकी महिलालाई प्रहरीले पतिको हत्या आरोपमा पक्राउ गरेको हो ।
शनिबार साँझ ५ बजेतिर घरायसी विवाद हुँदा पत्नी तिलसरादेवीले टाउकामा लठ्ठीले प्रहार गर्दा पति लुद्रबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए।
घटनाको खबर पाएलगतै प्रहरीले राति १० बजे नै घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ । प्रहरीले तिलसरादेवीलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको प्रनि गुरुङले जानकारी दिए। अभियुक्त तिलसरादेवीलाई आज जिल्ला अदालतमा पेश गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment