नाया रिवेराले आत्महत्या नगरेको प्रहरीको निष्कर्ष

डिसी नेपाल
२९ असार २०७७ १३:२७

काठमाडौं। हलिउड अभिनेत्री नाया रिवेराले आत्महत्या नगरेको प्रहरीले निष्कर्ष निकालेको छ । तालमा हराइरहेकी नायाका ४ वर्षीय छोरासँग कुराकानीपछि प्रहरीले यस्तो निष्कर्ष निकालेको हो । प्रहरीले नायाका ४ वर्षका छोरा जोसेसँगको कुराकानीमा नायाले आफैं आत्महत्या गरेको हुन सक्ने आशंकालाई बल दिने खालको कुनै पनि करा नपाएको बताएका छन् । गत बुधबार क्यालिफोर्नियाको भेन्टुरा काउन्टीस्थित लेक पिरु तालमा छोरासँग डुंगा चढेर गएकी ३३ वर्षीय नाया त्यतिबेलादेखि हराइरहेकी छिन् ।

अनुसन्धान अधिकारीहरुले अहिलेसम्मको अनुसन्धानपछि नाया रहसयमय तरिकाले बेपत्ता हुनु एक दुखद दुर्घटना भएको निष्कर्ष निकालेका छन् । भेन्टुरा काउन्टी शेरिफ अफिसका सार्जेन्ट केभिन केभिन डोनोग्वेले अमेरिकी अखबार पिपुलसँग कुरा गर्दै भने ‘हामीले उनका छोरासँग कुराकानी गर्यौं र हामीले यो आत्महत्या हुन सक्ने तर्कलाई बल दिने कुनै पनि कुरा पाएनौं । हामीले अहिलेसम्म गरेको अनुसन्धानले यो एक दुर्घटना नै हो भन्ने देखाउँछ । यद्यपि त्यहाँ खासमा के भएको थियो भन्ने बताउन सम्भव छैन । हामी बताउन सक्दैनौं किनकि हामीलाई थाहा छैन । यो एउटा रहस्य हो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *