आइतबार प्रवेश गरेको सलह प्यूठान–रोल्पामा सक्रिय, थप झुण्डहरु नेपाल प्रवेश गर्ने प्रक्षेपण

डिसी नेपाल
२९ असार २०७७ १८:४९

काठमाडौं। विनासकारी किरा सलह असाढको दोस्रो हप्तादेखि नेपालमा सक्रिय छ। असाढ १३ गते पहिलो पटक नेपाल प्रवेश गरेको सलह निष्क्रिय प्रायः भएको बेला आइतबार सलहका थप झुण्ड नेपाल प्रवेश गरे। प्रदेश नम्बर पाँचको दाङबाट नेपाल प्रवेश गरेको सलहको झुण्ड मंगलबार प्यूठान र रोल्पामा सक्रिय रहेको कृषि विकास तथा पशुपंक्षी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टिन एण्ड पेस्टिसाइड म्यानेजम्यान्ट सेन्टरका प्रवक्ता रामकृष्ण सुबेदीले जानकारी दिएका छन्।

उनले डिसी नेपालसँग भने, ‘हिजो आएको सलहको झुण्डामा सलको संख्या थोरै छ। खासै यसले क्षति गर्न सक्ने देखिँदैन। यद्यपी हामीलले सचेत हुन भने भनेका छौं। हिजो नै सो सलह प्यूठान पुगेको थियो। आज रोल्पासम्म पुगेको भन्ने रिपोर्ट आएको छ।’

सेन्टरले मंगलबारसम्म अरु झुण्डहरु पनि नेपाल आउन सक्ने अनुमान गरेको छ। प्रवक्ता सुबेदीले भने, ‘भारतको लखनऊ लगायतका क्षेत्रमा सक्रिय रहेको सलहका झुण्डहरु नेपाल आउन सक्ने हाम्रो अनुमान छ।’

यसअघि नेपाल आएको सलहले मकै, धान, केरा र तरकाबालीमा क्षति गरेको भए पनि हालसम्म सेन्टरले क्षतिको मुल्यांकन गर्न सकेको छैन। सुबेदीले भने, ‘स्थानीय तहले रिपोर्ट गर्नु पर्ने हो। उहाँहरुले गर्नु भएको छैन। हामी फिल्डमा जाने अवस्था छैन। काठमाडौंबाटै मुल्यांकन गर्ने कुरा भएन। स्थानीय तहबाट क्षेत्रफलमा क्षति गरेको भन्ने रिपोर्ट पठाएका छन्। त्यसैका आधारमा क्षति मुल्यांकन गर्न सकिने अवस्था छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *