अमिताभ–अभिषेकको तेस्रो दिनको स्वास्थ्य स्थिति के छ ? अझै कति दिन अस्पताल बस्नुपर्छ ?

डिसी नेपाल
३० असार २०७७ १४:१८

मुम्बइ। बलिउड महानायक अमिताभ बच्चन र उनका छोरा अभिषेकले ‘उपचारप्रति सकारात्मक प्रतिक्रिया दिएको’ अस्पताल स्रोतले जनाएको छ । कोभिड–१९ पोजेटिभ देखिएपछि मुम्बइको नानावटी अस्पतालमा भर्ना भएका उनीहरुको उपचारपछि शरीरले सकारात्मक प्रतिक्रिया दिएको हो । मंगलबार दिउँसो अस्पताल स्रोतले समाचार एजेन्सी पीटिआइलाई दिएको जानकारीअनुसार उनीहरु अझै कम्तीमा ७ दिन अस्पतालमा बस्नुपर्नेछ ।

यी बाबुछोरासँगै अमिताभकी बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या पनि कोभिड १९ पोजेटिभ पुष्टि भएका छन् । आमाछोरी भने घरमै सेल्फ क्वारेन्टाइनमा बस्ने अभिषेकले ट्वीटरमार्फत जानकारी दिएका छन् । सोमबार साँझ अमिताभले ‘आफ्नो अँध्यारो आइसोलेसनलाई प्रेमपूर्ण सन्देशले उज्यालो पारेको’ भन्दै शुभचिन्तकहरुप्रति आभार व्यक्त गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *