खेलको अन्त्यमा सम्हालिन नसक्दा म्यानचेस्टर र साउथम्पटनको खेल बराबरी

डिसी नेपाल
३० असार २०७७ १४:३९

काठमाडौं । म्यानचेस्टर युनाइटेडले दोस्रो हाफ ईन्जुरी समयको छैठौं मिनेटमा सम्हालिन नसक्दा गोल गुमाउदै साउथम्पटन संग २–२ को बराबरी खेलेको छ । यो संगै टोलीले गत बर्ष सेप्टेम्बर पछि पहिलो पटक शिर्ष ४ मा पर्ने मौका गुमाएको छ । साथै च्याम्पियन्स लिगमा छनौट हुने कडा लडाईमा नयाँ मोड आएको छ ।

दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको दुई बर्षे प्रतिबन्ध फुकुवा भएपछि पाचौं स्थानमा रहेको टोलीहरुको च्याम्पियन्स लिगमा छनौट हुने दौडमा पूर्ण विराम लागेको छ ।

अतिरिक्त खेलाडीको रुपमा मैदानमा प्रबेश गरेका माइकल ओबाफेमीले खेलको अन्तिम समयमा गोल गर्दा म्यान्चेस्टरले तिन अंक प्राप्त गर्दै लिस्टर सिटीलाई उछिन्ने सपना चकनाचुर भएको छ । म्यान्चेस्टर र चौथो स्थानमा रहेको लिस्टर सिटीको अंक बराबर रहेपनि गोल अन्तरको आधारमा लिस्टर सिटी अगाडि रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *