माइतीघरमा प्रदर्शन: ‘कि रोजगारी देऊ कि कोरिया पठाइदेऊ’

डिसी नेपाल
३० असार २०७७ २०:२२

काठमाडौं । रोजगारीका सम्पूर्ण प्रक्रिया पूरा गरेर पनि दक्षिण कोरिया जान नपाएका युवाले आज काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

सम्पूर्ण प्रक्रिया पूरा गरेर उडानको पर्खाइमा रहँदा सरकारले कुनै वास्था नगरे भन्दै इपिएस सङ्घर्ष समितमार्फत उनीहरुले प्रदर्शन गरेका हुन् । सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण उडान बन्द गरेपछि इपिएस पाससहित सम्पूर्ण प्रक्रिया पूरा गरी बसेका उनीहरुले उडान सञ्चालन गर्नुपर्ने माग गरेका छन् । कोभिड–१९ को जोखिम बढ्दै गएपछि सरकारले गत चैत ११ गतेदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै उडान बन्द गरेको छ ।

उनीहरुले ‘कि रोजगारी दिनुप¥यो, कि कोरिया जान दिनुप¥यो’, ‘कोरियाका लागि अन्तर्राष्ट्रिय उडान नियमित गरियोस्’ लगायतका नारा लेखिएका प्ले कार्ड सहित प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागी दीपेश लामिछानेले स्वदेशमा रोजगारी नभएको अवस्था कोरियाका लागि सबै प्रक्रिया पूरा भइसकेको बताउँदै जतिसक्दो चाँडो अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सरकारसमक्ष आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *