काठमाडौं उपत्यका कोरोना भाइरस समुदायमा फैलिएको हो ?

डिसी नेपाल
३१ असार २०७७ ११:१३

संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल पनि अछुतो छैन। पछिल्लो तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघेको छ। नेपालका ७७ वटै जिल्लामा कोरोना सङ्क्रमितहरु भेटिएका छन् भने काठमाडौँ उपत्यका पनि कोरोनाबाट अछुतो रहन सकेन। काठमाडौँ उपत्यकाको ३५ स्थानमा कारोना सङ्क्रमितहरु भेटिएका छन्।

उपत्यकाभित्रै कोरोना भाइरस समुदायमा फैलिसकेको आंशका गरिएको छ। हाल उपत्यकाभित्र देखिएका सङ्क्रमितहरुलाई हेर्दा यो कुरा पुष्टि हुन्छ कि उपत्यकामा भेटिएका प्राय सबै सङ्क्रमितहरु विदेशबाट आएको नभई उपत्यकाका स्थानीय बासिन्दाहरु नै हुन्।

हिजोआज बजारतिर हेर्ने हो भने लकडाउन भएको हो त? भनेर सोच्नुपर्ने अवस्था छ। मानिसहरु पुनः आफ्नै दैनिकीमा फर्किन थालिसकेका छन्, त्यो पनि बिना कुनै सावधानी। समय बित्दैे जाँदा मानिसहरुमा कोरोनाको त्रास पनि घट्दै गएको हामी देख्न सक्छौँ। तर यो नै हाम्रो ठूलो कमजोरी हुन गई भयावह स्थिति निम्तन सक्छ भन्ने कुरामा कसैले ध्यान दिएको पाइँदैन।

घरबाट निस्किसकेपछिको अवस्था हाम्रो लागि अहिले असुरक्षित त छ नै, गहिरिएर हेर्ने हो भने उपत्यकाभित्रका हस्पिटलरु पनि सुरक्षित छैनन्। हाल हस्पिटलहरु नै कोरोना सार्ने माध्यम बन्दैछन्। गएको हप्ता मध्य बानेश्वरका एक व्यक्ति सामान्य चेकजाँचका लागि सिभिल हस्पिटल गए। त्यहाँ बिरामीको अवस्थालाई हेरी नजिकैको केएमसी हस्पिटल जान सल्लाह दिएपछि बिरामी केएमसी हस्पिटल पुगे।

ती बिरामीको अवस्थालाई हेरी हस्पिटलबाट डाइलासिस गर्नुपर्ने सल्लाह दिएपछि बिरामी आफैँले हस्पिटलमा भर्ना हुन नमानी र घर फर्किए। त्यसको दुई तीन दिनपछि राति बिरामीलाई सास फेर्न गाह्रो भएपछि आफन्तहरुले नजिकैको एक निजी हस्पिटलको इमरजेन्सीमा पुर्याए।

कुनै पनि व्यक्तिको परीक्षणको क्रममा आरडिटी पाजेटिभ आयो भने कोरोना सङ्क्रमित भएको र आरडिटी नेगेटिभ आयो भने कोरोना सङ्क्रमित नभएको लाग्ने गर्दछ अधिकांश मानिसहरुलाई तर परीक्षणका क्रममा आरडिटी पोजेटिभ आउँदैमा कोरोना सङ्क्रमित नहुन सक्छ र आरडिटी परीक्षणमा नेगेटिभ आउँदैमा कोरोना सङ्क्रमण छैन भन्ने अवस्था हुँदैन। यो कुरा सबैले बुझ्नु जरुरी छ।

इमर्जेन्सीमा पुग्दा बिरामीको अवस्था एकदमै नाजुक भएकोले उक्त हस्पिटलले बिरामीलाई तुरुन्तै भेन्टिलेटरमा राखी डाइलासिस गर्न सुरु गर्यो र उक्त बिरामी मध्य बानेश्वरको स्थानीय बासिन्दा भएको कारण बिरामीको गम्भीर अवस्थमलाई मध्यनजर गर्दै आरडिटी परीक्षणको भरमा बिरामीको उपचार सुरु गरे।

आरडिटी परीक्षणको रिपोट पनि नेगेटिभ आएको थियोे तर दुई तीन दिनपछि बिरामीको स्वास्थ्यमा एक्कासी गिरावट आउन थालेपछि पीसीआर परिक्षणका लागि पठाइयो। दुई दिनपछि पीसीआरको रिपोर्ट पोजेटिभ आयो। त्यसपछि हस्पिटलमा तनाबको वातावरण सिर्जना भयो र उक्त हस्पिटलले त्यस बिरामीलाई पाटन हस्पिटलको कोरोना आइसीयूमा पुर्यायो। हाल उक्त बिरामीको पाटन हस्पिटलमा उपचार हुँदैछ।

यो घटना चक्रले पनि प्रमाणित गर्छ कि उपत्यकामा रहेका अस्पतालहरु सुरक्षित छैनन् भन्ने कुरा। यो त एउटा प्रतिनिधि घटना मात्रै हो। यस्ता घटना अहिले अधिकांश ठाउँमा घटिरहेका छन्। लकडाउन भएदेखि घरबाट बाहिर ननिस्केका उक्त व्यक्ति कोरोनाको सिकार कसरी भए? प्राइभेट हस्पिटल पुगेको दिन आरडिटी परीक्षण गर्दा नेगेटिभ र उपचार सुरु भएको पाँचौँ दिनमा पीसीआर रिपोर्ट पोजेटिभ आयो।

यसमा कुनै दुई मत छैन उक्त व्यक्तिलाई कोरोना हस्पिटलबाटै सरेको हो भन्ने कुरामा। निजी हस्पिटल पुगेको दिन आरडिटी परीक्षण गर्दा नेगेटिभ र उपचार सुरु भएको पाँचौँ दिनमा पीसीआर रिपोर्ट पोजेटिभ आयो। हाल जनमानसमा आरडिटी र पिसीआर परीक्षणको सन्दर्भमा कन्फ्युज हुने गरेको छ।

कुनै पनि व्यक्तिको परीक्षणको क्रममा आरडिटी पाजेटिभ आयो भने कोरोना सङ्क्रमित भएको र आरडिटी नेगेटिभ आयो भने कोरोना सङ्क्रमित नभएको लाग्ने गर्दछ अधिकांश मानिसहरुलाई तर परीक्षणका क्रममा आरडिटी पोजेटिभ आउँदैमा कोरोना सङ्क्रमित नहुन सक्छ र आरडिटी परीक्षणमा नेगेटिभ आउँदैमा कोरोना सङ्क्रमण छैन भन्ने अवस्था हुँदैन। यो कुरा सबैले बुझ्नु जरुरी छ।

निजी हस्पिटलले सङ्क्रमित बिरामीलाई पाटन हस्पिटल पुर्याएको भोलिपल्ट उक्त हस्पिटलका केही नन मेडिकल स्टाफहरुमा गरिएको पीसीआर परीक्षण पोजेटिभ आयो तर उक्त परीक्षण रिफर गरिएको बिरामी प्राइभेट हस्पिटलमा आउनुभन्दा पहिले नै गरिएको थियो। यो घटनालाई विश्लेषण गरिसकेपछि अब भन्नुहोस के कोरोना समुदायमा फैलिएको छैन त उपत्यकामा?

साँच्चै नै कोरोना हाम्रो समुदायमा फैलिसकेको छ। यसमा दईमत स्वास्थ्य मन्त्रालयको बाहेक अरुको नहोला। त्यसैले हामी आफैँ सतर्क बन्नुको अर्को विकल्प छैन। कोरोनाले सानो ठूलो धनी गरिब भन्दैन।

यसले कसैलाई पनि चिन्दैन। हाम्रै वरपर पनि स्वस्थ देखिने मानिस पनि कोरोनाबाट सङ्क्रमित छैन भन्न सकिने अवस्था छैन। यसका लागि हामी आफ्नो स्वास्थ्यप्रति सचेत हुनु जरुरी छ।

आज फलानोलाई कोरोना लाग्यो रे। भोलि फलानो ठाउँमा कोरोना देखियो रे भनेर डर र त्रासमा बस्नुभन्दा समय छँदै सजक बनौँ सकेसम्म घरबाट बिना काम घरबाट बाहिर नहिँडौँ। दैनिक कामकाजमा जाँदा पनि आवश्यक सावधानी अपनाऔँ। सामाजिक दुरी कायम गरौँ । आफू स्वस्थ बनौँ र अरुलाई पनि स्वस्थ रहन मद्दत गरौँ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *