ईङल्यान्ड विरुद्वको जितसंगै आईसीसी वरियतामा होल्डर दोस्रो स्थानमा

डिसी नेपाल
३१ असार २०७७ ११:०२

काठमाडौं । वेस्टईन्डिजका कप्तान जेसन होल्डर वेस्टईन्डिजको क्रिकेट ईतिहासमा २० बर्षपछि उत्कृष्ट रेटिङमा परेका छन । उनले साउथेम्प्टनमा ईङल्यान्ड विरुद्वको पहिलो टेस्टमा टोलीलाई बिजयी बनाउदै आईसीसी टेस्ट प्लेयर वरियतामा दोस्रो स्थान बनाउन सफल भएका छन । ईङल्यान्ड विरुद्व टेस्टको पहिलो पारीमा होल्डरले ४२ रन खर्चेर ६ विकेट लिएका थिए । उनले सन २००० अगस्टमा कर्टनी वाल्शको ८६६ रेटिङपछि वेस्टङन्डिजका कुनैपनि बलरले ८६२ रेटिङ पाउने खेलाडी बनेका छन ।

होल्डरले पहिलो टेस्टपछि ब्याटसम्यानहरुको सुचीमा आफुलाई ३५ औं स्थानमा यथावत राखेका छन भने अलराउन्डरको सुचीमा ४८५ अंकका साथ करियरकै उत्कृष्ट स्थानमा रहेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *