सुदुरपश्चिमेलि आपतकालीन राहत कोषमा मलेसियाबाट साढे ७८ हजार सहयोग
क्वलालम्पुर । सुदुरपश्चिमेलि आपतकालीन राहत कोषमा मलेसियाबाट साढे ७८ हजार सहयोग गरिएको छ । सुदूरपश्चिमेली नेपाली समाज मलेसिया तथा मातहतका क्षेत्रिय समितिले सयुक्त रुपमा सुदुर पश्चिमेली नेपाली समाजहरुको साझा अभियानमा साथ दिँदै यो रकम सहयोग गरेका हुन् ।
विश्वका विभिन्न राष्ट्रमा गठित सुदूरपश्चिमेली नेपाली समाजहरुको संयुक्त पहलमा स्वदेश तथा विदेशमा रहेका सुदुरपश्चिमेलीहरुलाई आईपर्ने समस्याहरुको समाधान तथा नेपालमा हुने प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्रमा स्वास्थ्य तथा शिक्षालगायत विभिन्न परोपकारी कार्यका लागि स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहत कोषको निम्ति यो रकम पठाएको सुदुर पश्चिमेली नेपाली समाज मलेसियाका केन्द्रिय अध्यक्ष तुलाराम धामीले बताए ।
मलेसियामा गठित केन्द्रीय तथा मातहतका क्षेत्रिय समितिहरुबाट संकलन भएको ७८ हजार ३ सय ९९ नेपाली रुपैंया विभिन्न विपद् तथा परोककारी कार्यहरुका लागि सुदुर पश्चिमेली आपतकालीन राहत कोषको धनगढीमा रहेको एभरेष्ट बैंक रहेको आधिकारिक खाता मार्फत हस्तान्तरण गरेको सुदूरपश्चिमेली नेपाली समाज मलेसिया जोहोरबारु क्षेत्रिय समितिका अध्यक्ष राज बहादुर साउँदले जनाकारी दिएका छन् ।
जसमा सुदुर पश्चिमेली नेपाली समाज केन्द्रिय समिति मलेसिया ले २३ हजार ६ सय ४ रुपैया सहयोग गरेको छ ।यस्तै सुदुर पश्चिमेली नेपाली समाज जोहोरबारु क्षेत्रिय समिति मलेसियाले १८ हजार २ सय ६५, सुदुर पश्चिमेली नेपाली समाज मल्लका क्षेत्रिय समिति मलेसियाले १८ हजार २ सय ६५ र सुदुर पश्चिमेली नेपाली समाज पेनाङ क्षेत्रिय समिति मलेसिया ले १८ हजार २ सय ६५ रुपैया गरि कुल ७८ हजार ३ सय ९९ रुपैयाँ सहयोग स्वरुप पठाएको सुदुर पश्चिमेली नेपाली समाज मलेसियाका कोषाध्यक्ष कैलास बोहाेराले बताए ।
याे अभियानमा सहयोग गर्ने अन्तराष्ट्रिय समितिका सदस्य टेकबहादुर बुढा , दक्षिण एसिया संयोजक दिनेश खड्का खप्तडी मलेसियाका केन्द्रिय अध्यक्ष तुलाराम धामी तथा अन्य सहयोगीहरुलाई समाजले धन्यवाद समेत दिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment