२४ घण्टामा ६९७ जना कोरोना संक्रमित निको भए, ११६ जना थपिए

डिसी नेपाल
३१ असार २०७७ १६:३८

काठमाडौं। गत २४ घण्टामा थप ११६ जनामा कोराना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार त २४ घण्टामा गरिएको ५ हजार ९० जनाको पिसिआर परीक्षणबाट १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सँगै कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार १ सय ७७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप ६ सय ९७ जना कोरोना संक्रमण मुक्त भएर घर फर्केका छन्।

सँगै कोरोना निको हुनेको संख्या ११ हजार २५ पुगेको छ। जम्मा संक्रमितको ६४.२ प्रतिशत कोरोना संक्रमितहरु निको भएका हुन्।

हालसम्म २ लाख ९८ हजार ८ सय २९ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ। प्रवक्ता डा. गौतमले भने, ‘आजसम्मको लगाएर २ लाख ९८ हजार ८ सय २९ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ।’

हालसम्म २४ हजार ५ सय २७ जना क्वारेन्टिनमा रहेका छन् भने, संक्रमित मध्ये ६ हजार १ सय १४ जनाको देशका विभिन्न अस्पतालहरुको आइसोलेसनमा उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *