सदस्य सचिवका लागि शारिरीक सुगठनबाट रोशनको आवेदन

डिसी नेपाल
३१ असार २०७७ २३:४४

काठमाडौं। राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका लागि शारिरीक सुगठन खेलको तर्फबाट रोशन महर्जनले आवेदन दर्ता गराएका छन् । उनले १ नं.मा निवेदन दर्ता गरेका छन् ।

खेलकुद विकास ऐन २०७७ लागु भई सदस्य सचिवका लागि निवेदन आव्हान गरे पश्चात उक्त पदका लागि उपयक्त उम्मेदवारका रुपमा महर्जनले निवेदन दिएका हुन् ।

ललितपुर महानगरपालिका वडा नं. १७ निवासी महर्जन २०५० साल देखि खेलकुद क्षेत्रमा लाग्दै आईरहेका ब्यक्तित्व हुन् । स्नाक्तोतर अध्ययन गरेका महर्जन दुई दशक देखि सुचना प्रविधी र शिक्षा क्षेत्र संग पनि आवद्ध रहँदै आईरहेका छन् ।

नेपालकै सवै भन्दा पुरानो खेल संस्था नेपाल ब्यायाम मन्दिरमा विगत १० बर्ष देखि कार्यसमितिमा रहेर खेल, खेलाडी र खेलकुद विकासमा चिन्तन र मनन गर्दै आईरहेका महर्जन सानोमा कराते खेल (सितेरियो) खेलाडीका रुपमा अगाडी बढेका थिए । तर स्वस्थ र बलिष्ठ शरीर बनाउने सोचले शारिरीक सुगठन तर्फ आकर्शित हुर्दै २०४८ साल देखि फलाम उचाल्न थालेका उनले २०५० सालमा पाटनको पहिलो जिम खाना नाईन प्वाईन्ट हेल्थ क्बलबाट औपचारिक रुपमा शारिरीक सुगठनका खेलाडी हुँदै विभिन्न प्रतियोगितामा जित निकाल्दै उच्कृष्टता प्रदान गरिसकेका छन् ।

राजनीतिक हस्तक्षेप नभई स्वतन्त्र रुपमा सदस्य सचिवको छनोट हुने हो भने आफु स्वतः सदस्य सचिवमा छनोट हुने महर्जन बताउँछन् ।

२०७० सालमा शारीरिक सुगठनको राष्ट्रिय निर्णायकको लाईसेन्स लिएका महर्जनले ईन्टरनेशनल फेडेरेशन अफ बडिबिल्डिङ्ग अन्तरगनको नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ्ग एण्ड फिटनेशद्वारा आयोजना गरिएको दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरि सकेका छन् । हाल उनी दक्षिण एशियाली शारीरिक सुगठन संघको निर्णायक कमिटिको अध्यक्ष समेत रहेका छन् । महर्जनले आफु सदस्य सचिवमा नियुक्त भएमा खेलकुदको विकास गर्ने अवधारण प्रस्तुत गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *