भारतसँगको भन्सार सीमामा ड्रोनको प्रयोग गरिने

डिसी नेपाल
१ साउन २०७७ १२:११

काठमाडौं। सशस्त्र प्रहरी बलले २ नं प्रदेशमा रहेका नेपाल भारत सीमा र प्राकृतिक प्रकोपको निगरानीका लागि ड्रोनको प्रयोग गर्ने भएको छ। दुई नं प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले असार ३० गते प्रदेश सरकारका तर्फबाट ८ वटा ड्रोनहरु खरिद गरी सशस्त्र प्रहरीलाई दिएपछि सशस्त्र प्रहरीले मुख्यमन्त्री राउतकै उपस्थितिमा प्रयोग परिक्षणसमेत गरेको छ।

धनुषाको सशस्त्र प्रहरी बलको ८ नं गण मुख्यालयको प्रांगणमा भएको परीक्षणका क्रममा सो प्रदेशमा हुनसक्ने बाढी, डुवानलगायतका प्राकृतिक विपत्ति, सीमा सुरक्षा, भीभीआईपीको सुरक्षामा ड्रोनहरु प्रयोग गरिने जानकारी दिइएको थियो।

सशस्त्र प्रहरी बलले मुख्यमन्त्री आएको समयमा स्थानीय सडक र चोकहरुमा ड्रोनले गरेको निगरानी तथा स्थानीय जल्लाद खोलाको अहिलेको अवस्थाबारे ड्रोनमार्फत भिडियो खिचेर मुख्यमन्त्रीलाई देखाएको थियो।

ड्रोन उडानको शुरुवात गर्दै मुख्यमन्त्री राउतले सीमामा हुने चोरी निकासी पैठारीमा नियन्त्रणमा पनि ड्रोनले महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरे। सशस्त्र प्रहरी गण धनुषाका गणपति एसपी राजेश उप्रेतीले ड्रोनका उपयोगिताबारे प्रस्तुतिकरण दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *