नियम उल्लंघन गरेका कारण जोफ्रा आर्चर टिम बाहिर

डिसी नेपाल
१ साउन २०७७ १५:०९

काठमाडौं । ईङल्यान्ड र वेस्टईन्डिज बिरुद्वको दोस्रो टेस्ट बिहिवार देखी म्यान्चेसटरको ओल्ड ट्रेर्फडमा सुरु हुदैछ । यो खेल सुरुहुनु अघि ईङल्यान्ड टोलीलाई ठुलो झटका लागेको छ । ईङल्यान्डका तिव्र गतिका बलर जोफ्रा आर्चरले सुरक्षा सम्बन्धि प्रोटोकल पालना नगरेको कारण उनलाई दोस्रो खेलमा टोली बाहिर राखिएको हो ।

बुधवार ईङल्यान्डले दोस्रो टेस्टको लागी १३ सदस्य टोलीको घोषणा गर्दा आर्चर पनि टिममा रहेका थिए । तर बिहीवार बिहान ईङल्यान्ड क्रिकेट बोर्डले आर्चर टिम बाहिर रहेको हाल उनी सेल्फ आईसोलेसनमा बस्नुपर्नै जनाएको छ ।

जानकारी अनुसार आर्चर ५ दिनसम्म आईसोलेसनमा बस्नुपर्ने र उनको दुई पटक कोरोना परिक्षण हुने भएको छ । साथै दुई पटक कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्रै उनी टोलीमा सामेल हुन पाउनेछन ।

ईसीबीले उक्त कुराको जानकारी वेस्टईन्डिज टिमलाई पनि गराएको र वेस्टईन्डिज टिम पनि सो निर्णयबाट सन्तुष्ट रहेको बताईएको छ । आर्चरले आफुले गरेको गल्ती प्रति खेद प्रकट गर्दै माफि मागेका छन । उनले भने, “मैले जे गरे त्यसको लागी म माफि माग्दछु, मैले मलाई मात्र नभएर पुरै टिमलाई खतरामा राखेको थिए । मैले आफुले गरेको गल्ती प्रति माफि माग्दछु । टेस्ट खेल्न नपाउदा म एकदमै दुखी भएको छु ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *