म्यान्चेस्टर टेस्ट : पहिलो दिनको खेलमा सिब्ली र स्टोक्सको अर्धसतक

डिसी नेपाल
२ साउन २०७७ ९:१७

काठमाडौं । वेस्टईन्डिज ईङल्यान्ड टेस्ट श्रंखला अन्तर्गत बिहीबार सुरु भएको दोस्रो टेस्टमा ईङल्यान्डले टस हारेर ब्याटिङ गरेको छ । म्यान्चेस्टरमा भएको खेलमा पहिलो दिनको खेल सकिदा सम्म ईङल्यान्डले ३ विकेट गुमाएर २०७ रन बनाएको छ । ईङल्यान्डका लागि डोम सिब्ली र बेन स्टोक्सले अर्धसतक प्रहार गरेका छन । पहिलो दिनको खेल सकिदा सम्म सिब्ली (८६), बेन स्टोक्स (५९) रन बनाएर खेलीरहेका छन । जारी श्रंखलमा स्टोक्सको पहिलो र सिब्लीको दोस्रो अर्धसतक हो । दुबै खेलाडीले चौथो विकेटको लागि १२६ रनको साझेदारी गरेका छन ।

यसअघि ईङल्यान्डका कप्तान जो रुट २३ रन बनाउदै अल्जारी जोसेफको बलमा आउट भएका थिए । वेस्टईन्डिज बिरुद्वको पछिल्लो ५ पारी मध्ये चार पारीमा रुट जोसेफकै शिकार भएका छन ।

वेस्टईन्डिजका लागि रोस्टन चेजले २ विकेट लिएका छन । उनले ज्याक क्राउली (०) र रोरी बर्न्स (१५) लाई आफ्नो शिकार बनाएका थिए । यसअघि वेस्टईन्डिजले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । वर्षाको कारण ढिलो सुरु भएको खेलमा लंच अघि खेल एक घन्टा मात्र भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *