आर्सनलद्वारा लिभरपूल पराजित
काठमाडौं । ईङल्यान्ड फुटबल क्लब आर्सनलले ईङलिश प्रिमियर लिगमा लिभरपूललाई २–१ ले पराजित गरेको छ । लिभरपूलालाई पराजित गर्ने क्रममा आर्सनलका अलेक्जान्ड्रा लाकाजेट र रेस नेल्सनले गोल गरेका थिए भने लिभरपूलको तर्फबाट एकमात्र गोल साडियो मानेले गरे । आर्सनलको टोलीले ईङलिश प्रिमियर लिगमा लिभरपूललाई ५ बर्ष ३ महिना पछि पराजित गरेको हो । लिभरपूलले खेलेको ५ खेलमा यो दास्रो हार हो ।
यसअघि टोटनहम हटस्पुरले न्युक्यासललाई ३–१ ले पराजित गर्यो । टोटनहमका लागि सोन हियुंङ खेलको २७ औं, हेरी केनले ६० औं र ९० औं मिनेटमा गोल गरेका थिए । यो संगै हेरी केनले आफ्नो २०० गोल पुरा गरेका छन । उनले ३५० खेलमा २०१ गोल गरेका छन ।
प्रतिक्रिया
Facebook Comment