ला लिगाको उपाधि रियाल म्याड्रिडले जित्यो

डिसी नेपाल
२ साउन २०७७ १०:२७

काठमाडौ । स्पेनिश फुटबल प्रतियोगिता ला लिगाको उपाधी रियाल म्याड्रिडले हात पारेको छ । रियालले सबैभन्दा बढि ३४ औं पटक यो उपाधि जित्दै तिन बर्षपछि उपाधि जितेको हो । रियालले बार्सिलोनालाई लगातार तेस्रो पटक उपाधि जित्नबाट रोकेको हो । रियालले पछिल्लो पटक सन २०१७ मा ला लिगाको उपाधि जितेको थियो ।

बिहिबार राती भएको खेलमा रियालले विलारियाललाई २–१ ले पराजित गर्दै उपाधि आफ्नो नाममा पारेको हो । रियालका लागि दुबै गोल फ्रान्सका स्ट्राईकर करीब बेन्जेमाले गरेका थिए । उनले खेलको २७ औं र ७६ औं मिनेटमा गोल गरेका थिए ।

बिहिबार भएको दोस्रो खेलमा ओसासुनले बार्सिलोनालाई २–१ ले पराजित गर्यो । खेलमा बार्सिलोनाका लागि एकमात्र गोल कप्तान लियोनल मेस्सीले खेलको ६२ औं मिनेटमा गरे । ओसासुनका लागि पहिलो गोल जोस अर्नेजले खेलको १५ औं मिनेटमा र दोस्रो गोल रोर्बतो टारेसले दोस्रो हाफको ईन्जुरी समयको चौथो मिनेटमा गरे ।

बार्सिलोनाको यो हारसंगै रियालले एक खेल अगाडिनै उपाधिमा कब्जा गरेको हो । रियालका कोच जिनेदन जिदानले खुशीहुदै कोचको रुपमा उनको यो उत्कृष्ट समय रहेको बताए । जिदानको कोचिङमा रियालले दोस्रो पटक उपाधि जितेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *