पपुवा न्युगिनीमा ६.९ म्याग्नीच्युडको भूकम्प

डिसी नेपाल
२ साउन २०७७ १३:५०

सिड्नी। पपुवा न्युगिनीमा शुक्रबार शक्तिशाली भूकम्प आएको छ। देशको पूर्वी क्षेत्रमा ६.९ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन्।

अमेरिकी भूगर्भ विभागले स्थानीय समयानुसार शुक्रबार दिउँसो १२.५० मा भूकम्प आएको जनाएको छ। राजधानीदेखि १५० किलोमिटर टाढा केन्द्रविन्दु रहेको र ८५ किलोमिटर गहिराइबाट कम्पन भएको अधिकारीहरुले जनाएका छन्।

भूकम्प आएपछि घर भित्र रहेकाहरु दौडिएर घर बाहिर खुल्ला ठाउँमा पुगेको प्रत्यक्षदर्शीहरुले जनाएका छन्। देशका धेरै ठाउँमा भूकम्पको महसुस गरिएको थियो।अधिकारीहरुले भूकम्पका कारण कुनै मानवीय तथा भौतिक क्षति भएको विवरण प्राप्त नभएको जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *