आईपीएल आयोजनाको लागि युएई तयार

डिसी नेपाल
२ साउन २०७७ १३:५४

काठमाडौं । कोरोना भाईरसको कारण भारतमा अनिश्चित बनेको आईपीएल युएईमा आयोजना गर्ने अडकल भईरहेको बेला दुबई सिटीका क्रिकेट एवंम प्रतियोगिता प्रमुख सलमान हनिफले आईपीएल जस्ता ठुला प्रतियोगिताको लागि आयोजना गर्न तयार रहेको बताएका छन । आईपीएल सेप्टेम्बर–अक्टुबरमा आयोजना गर्न सकिने सम्भावान रहेको छ, किनभने १८ अक्टुबर देखी १५ नोभेम्बर सम्म अष्ट्रेलियामा आयोजना हुने टि–२० विश्वकप अनिश्चित बनेको छ ।

गल्फ न्युज संगको कुराकानीमा सलमानले दुबई स्पोर्ट सिटी टि २० प्रतियोगिताको लागि तयार रहेको र स्पोर्ट सिटीमा दुबई ईनटरनेशनल स्टेडियम र आईसीसी एकेडमी रहेको बताए ।

सलमानले भने, यदि कम समयमा धेरै खेलहरु आयोजना गर्नुपर्ने अवस्था आएमा हामीसंग नौ वटा विकेटहरु तयार अवस्थामा रहेका छन । हामीले विकेटलाई फ्रेस अवस्थामा राख्नको लागि अन्य प्रतियोगिताहरु आयोजना गर्नैछैनौं ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *