बलिउड फिल्म ‘लुटकेस’ले ‘जात्रा’को कथावस्तु चोरेको हो ? के भन्छ ‘जात्रा’ टिम ?

डिसी नेपाल
२ साउन २०७७ १६:०६

काठमाडौं। बलिउड फिल्म ‘लुटकेस’को ट्रेलर सार्वजनिक भएको छ । कुणाल खेमु, रासिक दुग्गल र विजय राज मुख्य भूमिकामा रहेको यो फिल्मको ट्रेलर रिलिज भएसँगै नेपाली दर्शकले यो फिल्ममाथि चोरीको आरोप लगाएका छन् । यो फिल्मको कथावस्तु नेपाली फिल्म जात्रासँग मिलेको भन्दै सामाजिक संजालमा छ्याप्छ्याप्ती पोस्टहरु आएका छन् । यससँगै फिल्म ‘लुटकेस’ विवादमा परेको छ ।

यद्यपि जात्रा टिमले भने अहिलेसम्म आफ्नो कन्टेन्ट चोरी भएको आधिकारिक दावी गरेको छैन । जात्राका आधिकारिक वितरक रविन्द्र सिंह बानियाका अनुसार उनले यो फिल्मको विषयमा आधिकारिक पत्र भारतीय पक्षलाई पठाइसकेका छन् ‘हामीले फिल्मको विषयवस्तुको बारेमा बलिउड निर्माण पक्षलाई इमेलमार्फत सोधेका छौं’ बालियाँले डिसीनेपालसँग भने ‘यद्यपि फिल्मको विषयवस्तु मिल्न सक्छ, कथा फरक हुनुपर्ने हो । फिल्म नहेरी केही भन्न सकिँदैन । फिल्म रिलिज भएपछि अन्य कुरा थाहा हुन्छ त्यसअनुसार अगाडि बढ्छौं ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *