आइसोलेशन केन्द्रका लागि दाताको सहयोग

डिसी नेपाल
२ साउन २०७७ १९:५९

मुगु। जिल्ला विपत व्यवस्थापन समिति मुगुले आइसोलेशन केन्द्र व्यवस्थापनको जिम्मा नेपाल रेडक्रस सोसाइटी मुगु शाखालाई दिएपछि शाखाले दाताहरुको सहयोगमा ५० वेडको प्रारम्भिक आइसोलेशन केन्द्र बनाएको छ।

नयाँ भवन छ, भवनका कोठाहरुमा वेड छन् प्रत्येक कोठहरुको छेउमा डस्विन राखिएको छ। वेडको सिरानीमा व्यक्तिगत सरसफाईमा प्रयोग हुने सामग्रीहरु राखिएका छन्। खुल्ला चौर एकान्त ठाँउ चौरमा महिला पुरुषका लागि छुटटा–छुटटै शौचालय र स्नान कक्ष छन्। यो दृष्य कुनै सुविधा सम्पन्न होटेल, अस्पताल जस्तो लागे पनि त्यो भने होइन। यो दृष्य जिल्ला विपत व्यवस्थापन समितिले मुगुले जिल्लामा भविष्यमा कोरोना संक्रमित व्यक्तिहरुलाई राख्न बनाएको प्रारम्भिक आइसोलेशन केन्द्र हो।

आइसोलेशन केन्द्रका लागि मुगु जिल्ला कै पहिलो सहयोगी अन्तर्राष्ट्रिय संस्था युनाईटेड मिसन टू नेपाल मुगु कलष्टरले ५०० लिटरका २ वटा पानी टयांकी, २० सेट वेड कपडा, खानेपानी फिल्टर १, सेनिटाईजर ४०, साबुन ५०, साबुनदानी २०, लुजपाईप १०० मिटर, हिरिसडेक मुगुले महिला र पुरुषका लागि ४ वटा शौचालय, २ वटा स्नानघर, ५० जनालाई पुग्ने व्यक्तिगत सरसफाईका सामगीहरु, नेपाल निजामती कर्मचारी युनियन केन्द्रिय सदस्य कृष्ण बहादुर सेजुवालको पहलमा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयहरुबाट ५१ वटा खटिया उपलब्ध गराएको थियो।

विभिन्न निकायबाट गरिएको विभिन्न सहयोग १० लाख ८ हजार मुल्य बराबरको रहेको आइसोलेशन व्यवस्थापन समितिले बताएको छ।

आइसोलेशन केन्द्र कै लागि प्रदेश सरकारबाट जिल्ला विपत समितिमा प्राप्त ५० लाख मध्येबाट १० लाख रुपैयाँको एम्वुलेन्स खरिद गरिने भएको छ।

जिल्ला कारागार कार्यालयका नव निर्मित भवनहरुमा बनाइएको उक्त आइसोलेशन केन्द्रमा कारोना संक्रमण पोजेटिभ देखिएका तर कुनै लक्षण नदेखिएका सामान्य व्यक्तिहरुलाई प्रारम्भिक आइसोलेशनमा राखिने छ भने जटिल तथा लक्षण देखिएका कोरोना संक्रमितलाई जिल्ला अस्पताल मुगु र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइने योजना रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताए।

प्रजिअ निरौलाले भने, ‘यस्तो सफा चिटिक्क आवश्यक सबै सामान रहेको प्रारम्भिक आइसोलेशन केन्द्र बन्ला भन्ने आश गरेका थिएनौं, विपत,महामारी संकटमा उद्घार, राहतको क्षेत्रमा काम गदै आएको रेडक्रसलाई व्यवस्थापनको जिम्मा दिएका थियौं। उहाँहरुले विभिन्न निकायहरुको सहयोगमा सोचेभन्दा चिटिक्क सुविधायुक्त प्रारम्भिक आइसोलेशन केन्द्र बनाउनु भएछ।’
आइसोलेशन व्यवस्थापनको संयोजकको जिम्मा पाएका नेपाल रेडक्रस सोसाइटी मुगु शाखाका सभापति जय बहादुर मल्लले आफूलााई यो संवेदनशिल र महत्वपूर्ण जिम्मेवारी दिएपछि दिनरात नभनी स्वमंसेवक साथीहरुको सहभागीतामा काम गरेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *