धेरै रन बनाउदा पनि टिमबाट हटाईएको सौरभ गांगुलीको खुलासा

डिसी नेपाल
२ साउन २०७७ २२:१५

काठमाडौं । बीसीसीआईका अध्यक्ष र पूर्व भारतीय कप्तान सौरभ गांगुलीले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियरको बारेमा ठूलो खुलासा गरेका छन्। गांगुलीका अनुसार उनले सन २००७ मा धेरै रन बनाए पनि उनलाई एकदिवसीय टिमबाट बाहिर निकालिएको थियो । एक बंगाली अखबारलाई दिएको अन्तर्वार्तामा गांगुलीले यो कुराको खुलासा गरेका हुन ।

अन्तर्वार्ताको क्रममा गांगुलीले भने, “मेरो लागि त्यो निर्णय अचम्मको थियो। । मैले त्यस वर्षको क्यालेन्डरमा सबैभन्दा बढी रन बनाउँदा पनि मलाई एकदिवसीय टिमबाट हटाइयो। तपाईंको प्रदर्शन जति राम्रो भएपनि, यदि तपाईंलाई प्लेटफर्मबाट हटाईयो भने तपाईंले के प्रमाणित गर्नुहुन्छ ? तपाईं कसलाई प्रमाणित गर्नुहुन्छ ? म संग सन २००७ मा पनि त्यस्तै भयो।”

सन २००४ मा टिमका कोच ग्रेग चैपलसँगको झगडा पछि गांगुलीलाई कप्तान बाट हटाईएको थियो । यद्यपि उनले सन २००६ मा दक्षिण अफ्रीका बिरुद्धको श्रृंखलाबाट टिममा कमब्याक गर्दै लगातार रन बनाएका थिए ।

त्यसको बाबजुद पनि उनी र राहुल द्रविडलाई २००७–०८ मा अष्ट्रेलिया बिरुद्वको भ्रमणमा टिमबाट बाहिरिएका थिए। त्यसको एक बर्ष पछि गांगुली क्रिकेटबाट अवकाश लिए। यद्यपि गांगुलीले २०१२ सम्म आईपीएल खेलेको थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *