आईपीएल फ्रेन्चाईजी डेक्कन चार्जर्सको पक्षमा निर्णय, बीसीसीआईले ४८ सय करोड तिर्नुपर्ने

डिसी नेपाल
२ साउन २०७७ २२:५०

काठमाडौं । विश्वकै महँगो टि–२० क्रिकेट लिग आईपीएललाई भारी जरिवाना तोकिएको छ। सुरुवाती आठ टोलीमध्ये एक डेक्कन चार्जर्सलाई गलत तरिकाले हटाएकोमा बीसीसीआईले आईपीएललाई ४८ सय करोड क्षतिपूर्ति तिर्नु पर्नेछ। डाईनामिक टाइम्सको समाचारका अनुसार मुम्बई उच्च अदालतले शुक्रवार लामो समयदेखि चलिरहेको यो विवादको निर्णय डेक्कन चार्जर्सको पक्षमा गरेको छ ।

सन २०१२ मा बीसीसीआईले ऋणमा डुबेको डेक्कन चार्जर्सको अनुबन्ध समाप्त गर्‍यो, जुन डेक्कन क्रानिकल्स होल्डिङस (डीसीएचएल) को स्वामित्वमा रहेको थियो। सन २०१२ सेप्टेम्बर १४ मा डेक्कन चार्जर्सको टिमलाई चेन्नईमा आईपीएल गर्भनिङ काउन्सिलको आपतकालीन बैठक बोलाएर आईपीएलबाट हटाइयो, त्यसपछि डीसीएचएलले यस निर्णयको बिरूद्ध मुम्बई उच्च अदालतमा निवेदन दियो। डेक्कन चार्जर्सलाई लिगबाट हटाएपछि बोर्डले हैदराबाद आईपीएल टिममा बिड लगाइयो र सन टिभी नेटवर्कका कलानिथी मारनले बिड जित्दै सनराइजर्स हैदराबादको नामबाट नयाँ टिम खडा गरे ।

मुम्बई उच्च अदालतले सेवानिवृत्त न्यायधीश सीके ठक्करलाई सम्पूर्ण मुद्दाको छानबिन गर्न नियुक्त गरेको थियो।बीसीसीआईको प्रतिनिधित्व मणियार श्रीवास्तव एसोसिएट्सले गरेका थिए, जहाँ डेक्कन क्रानिकल्सको नेतृत्व धीर एन्ड धीर एसोसिएट्सले गरेका थिए। धीर र धीर एसोसिएट्सका साझेदार आशीष प्यासीले भने, “बीसीसीआईले डेक्कन क्रानिकल्स करार एक दिन अगाडीनै समाप्त गर्यो। यो चुनौती अवैध र समयपूर्व समाप्ति को सम्बन्धमा थियो र न्यायाधिकरणले पनि यसलाई गलत मान्यो ।” यसअघि सन २०१७ मा फ्रेन्चाईजी कोची टस्कर्स केरलाको मालिकले पनि यस्तै किसिमका मुद्दा जितेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *