विश्वभर कोरोना : १ करोड ४१ लाख संक्रमित, करिव ६ लाखको मृत्यु
काठमाडौं। विश्वभर कोरोना संक्रमितको कुल संख्या १ करोड ४१ लाख बढी भइसकेको छ। संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी ३७ लाख ७० हजार बढी रहेको छ। यस्तै ब्राजीलमा २० लाख ४८ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।
अहिलेसम्मको रेकर्ड हेर्दा छिमेकी भारतमा १० लाख ४० हजार बढी कोरोनाका संक्रमितहरु भेटिएका छन्। यस्तै रुसमा ७ लाख ५९ हजार बढी, पाकिस्तानमा २ लाख ६० हजार बढी, बंगलादेशमा करिव २ लाख मानिसहरु कोरोनाको चपेटामा परेका छन्।
एसियामा भारतमा कोरोनाका संक्रमितहरु सबैभन्दा बढी देखिएका छन्। भारतमा १० लाख बढीमा कोरोना संक्रमित भेटिदा इरानमा २ लाख ६९ हजार, पाकिस्तानमा २ लाख ५९ हजार, साउदी अरवियामा २ लाख ४५ हजार, टर्कीमा २ लाख १७ हजार, बंगलादेशमा १ लाख ९९ हजार, कतारमा १ लाख ५ हजार कोरोनाका संक्रमितहरु भेटिएका छन्।
यस्तै, कोरोनाको सुरुवात भएको चीनमा भने हालसम्म ८३ हजार ६ सय बढी कोरोनाका संक्रमित रहेका छन्। तर, यो रिपोर्ट बनाउँदासम्म २५२ मात्र ‘एक्टिभ केस’ रहेको छ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या करिव ६ लाख पुगेको छ। जसमा सबैभन्दा बढी अमेरिकाबाट १ लाख ४२ हजार बढीको मृत्यु भइसकेको छ। यस्तै ब्राजिलमा ७७ हजार र भारतमा २६ हजारले कोरोनाबाट ज्यान गुमाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment